आगामी निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ हो, माओवादीले जित्दा मात्रै राष्ट्र सुरक्षित छ : प्रचण्ड
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १६:३४:०० मा प्रकाशित
काठमाडाैं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताएका छन् ।
बिहीबार सिराहामा आयोजित सहिद रामप्रताप साह प्रवेशद्वार तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उनले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताए ।
यसकारण देशमा प्राप्त महत्वपूर्ण उपलब्धिलाई जोगाउन पनि स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टीले जित्नैपर्ने भन्दै उनले पहिला माओवादीले संघियता छोडेको भ्रम दिने कोसिस भएको बताए ।
गएको वर्षमा प्रतिगमनलाई परास्त गर्न सफल भयौं, मधेसमा जागरण, साँचो अर्थमा माया गर्ने, निरन्तर लड्ने भएकोले पनि निर्वाचनमा माओवादीको पक्षमा लहर आउने उनको भनाइ छ । माओवादीले जित्दा मात्रै राष्ट्र सुरक्षित छ, उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस