यी हुन् २० देशमा सिफारिस राजदूत
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | २०:५३:०० मा प्रकाशित
काठमाडाैं । सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिशको निर्णय गराएका हुन् । परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका कोटाबाट १२ जना राजदूत सिफारिश भएका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट उनीहरूलाई राजदूत सिफारिस गरेको हो ।
उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन् ।
भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो ।
सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन् ।
यी हुन् राजदूत सिफारिस भएकाहरू:
बिष्णुपुकार श्रेष्ठ- चीन
दानबहादुर तामाङ- दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल- स्पेन
बासुदेव मिश्र- श्रीलंका
मिलन तुलाधर- रूस
डिल्लीराज पौडेल- मलेसिया
शान्ता रिजाल -इजरायल
नवराज सुवेदी- साउदी अरब
घनश्याम बन्जाडे- बंगलादेश
दुर्गाबहादुर सुवेदी -जापान
निर्मलराज काफ्ले- ब्राजिल
भरतकुमार रेग्मी- अष्ट्रिया
सुशीलकुमार लम्साल - इजिप्ट
कैलाश पोखरेल- अष्ट्रेलिया
ज्योति प्याकुरेल -दक्षिण कोरिया
रामसुरज राय यादव- डेनमार्क
नरेशविक्रम ढकाल
डोरनाथ अर्याल
तिर्थराज वाग्ले
हरिशचन्द्र घिमिरे
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस