राजनीति

रामेछापकाे हिलेदेवीमा तीन दर्जन माओवादी युवा कांग्रेस प्रवेश

सुनापति, रामेछाप । रामेछापकाे सुनापति गाउँपालिका-३, हिलेदेवी स्वाँरा खाेटपाका तीन दर्जन एमाले तथा माओवादी कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शुक्रबार उनीहरूलाई जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) तथा महाधिवेशन प्रतिनिधि तथा पूर्वउपसभापति जितेन्द्र कुमार माेक्तानले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । 

कार्यक्रममा क्षेत्रीय कार्यसमिति 'ख' का सचिव वेनबहादुर थापामगर, सुनापति गाउँपालिका सभापति जनक कुमार खड्का, उपसभापति मिलन कुमार माेक्तान, सचिव मिलन खपाङ्गी मगर लगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।  

कांग्रेस प्रवेश गरेका युवाहरूले देश जनताकाे भविष्यसँग जाेडिएकाे पार्टी  नेपाली कांग्रेस मात्रै रहेकाे भरखर बुझेकाे बताए ।    

कांग्रेस प्रवेश गरेका रामबहादुर मगरले भने- 'आशा र भराेशाकासाथ माओवादीकाे संगठनमा लामाे समय सक्रिय भइरह्याैं तर अहिले पार्टीकाे गतिविधि देख्दा लाजमर्दाे अवस्था छ । माओवादीकाे कार्यकर्ता भन्न पनि लज्जास्पद भयाे । न विचार न एजेण्डा त्यसैले हामी लामाे समय लाेकतान्त्रिक अभ्यास गरिरहेकाे नेपाली कांग्रेसमा प्रवेश गरेका हाैँ ।"

 

माओवादीका नेताहरू भ्रष्टाचार र व्यक्तिवादी चरित्रबाट चल्न थालेपछि माओवादीमा बस्नुकाे कुनै अर्थ नभएकाे भन्दै नेपाली कांग्रेसमा रहेर समाज परिवर्तकाे बाटाेमा लाग्ने बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत