गाउँ सहर

अर्घाखाँचीमा बस दुर्घटना : ३० जना घाइते

काठमाडाैं । सन्धिखर्क नगरपालिका– २ भलाडाँडामा शुक्रबार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिएका छन् । 

घाइते सबैको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइराखेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत