कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौ अधिवेशन सम्पन्न
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | ११:५७:०० मा प्रकाशित
पोखरा । कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा निर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश पौडेल, सहसचिवमा विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा सुमित्रा मल्ल उदास रहेका छन् । त्यस्तै समितिको सदस्यहरूमा अनिल शाही, ई.सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुङ्गाना, चन्द्रावती अधिकारी (वाग्ले), अनिल सुवेदी र मैया पराजुली चयन भए ।
अधिवेशन सम्पन्न गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, भगवान पन्त र दीर्घ ढुङ्गाना सदस्य रहेका निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले कस्केली अधिकृत समाजलाई सामाजिक काम गर्ने माध्यमका रुपमा अघि बढाउनुपर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस