गाउँ सहर

मोटरसाइकल दुर्घटनामा ७५ वर्षीया वृद्धाको मृत्यु

काठमाडाैं । मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको हाे ।  मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकाे प्रहरीले जानकारि दिएकाे छ ।

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।  उपचारको लागि जिल्ला अस्पताल दमौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत