राजनीति
उम्मेदवार सिफारिस गर्दा कुनै किसिमको रकम नउठाउन कांग्रेसकाे निर्देशन
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | १९:२३:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले जिल्ला र प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्दा कुनै किसिमको रकम माग नगर्न निर्देशन दिएको छ ।
उम्मेदवार सिफारिस गर्दा रकम माग गरिएको भन्ने जानकारी आएको भन्दै कांग्रेसले विधान र नियमावलीविपरीत कुनै प्रकारको रकम नउठाउन भनेको हो ।
पार्टीले लिनुपर्ने सदस्यता शुल्क तथा लेबी उठाउन बाँकी भए त्यस्तो रकम भने तत्काल उठाउन कांग्रेसले निर्देशन दिएको छ ।
पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्क र सहयोग रकम (लेबी)बाहेक अन्य कुनै पनि किसिमको रकम लिन/उठाउन नमिल्ने स्पष्ट व्यवस्था भएकाले सो बाहेकको रकम नउठाउन कांग्रेसले भनेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस