राजनीति

सत्ता गठबन्धनले भागबण्डाको टुंगो लगाउन बैठक बस्दै

फाइल तस्बिर

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज पनि बस्ने भएको छ । आइतबार पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको समिति आज पनि छलफलमा जुट्न लागेको हो । 

बैठक बिहान ९ बजे बस्ने बताइएको छ । आज नै गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ ।

आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत