केबलकार ठोकिँदा दुई जनाको मृत्यु, दर्जनौं मानिस केबलकारमा अड्किए
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १३:४५:०० मा प्रकाशित
एजेन्सी । केबलकार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । भारत झारखण्डमा आइतबार केबलकार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हाे ।
झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इन्डिया टुडेले केबलकारमा अड्किएकाहरूको सोमबार दिउँसोसम्म उद्धार हुन नसकेको उल्लेख गरेको छ । १२ वटा केबलकारमा अहिले पनि ४८ जना मानिसहरू केबलकारमा अड्किएका छन् ।
केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्याइएको छ । भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ । नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो । हिजाे रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो । प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस