दिगोविकास
कामु गभर्नर डा ढुङ्गाना तिम्सिना भन्छिन्— बैंकिङ्ग प्रणालीमा तरलताको चाप कायम रहेकाले केहि समय धैर्य गर्नुपर्ने
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १४:४८:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाले बैंकिङ्ग प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।
सोमवार काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै उनले लघुवित्त तथा समग्र बैंकिङ्ग क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् ।
उनले बैंकिङ्ग क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन् ।
उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने पनि बताइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस