अर्थतन्त्र

निराशा यात्रामा शेयरबजार, नेप्से २४१९ अंकमा झर्‍यो

काठमाडौं । बजार मापन गर्ने सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.६४ अंकले घटेर परिसूचक २४१९.७१ बिन्दुमा रोकिएको छ ।

साताको कारोबारको दोस्रो दिन आज सोमबार नेप्से दोहोरो अंकले घटेको हाे । 

यसदिन २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ । 

काराेबार भएकामध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१.१० रुपैयाँ पुगेको छ । 

यस्तै इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको छ । जसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत