३९७२ जनामा काेराेना परीक्षण गर्दा २२ जना संक्रमित थपिए, ४६ जना निको
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १६:०७:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ भने साे अवधिमा कसैको पनि मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दामा २२ जना र १ हजार १७२ जनाको एन्टीजेन परीक्षण गर्दा ० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४६ जना निको भएका छन् भने हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार 733 पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस