राजनीति

चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक आज पनि बस्ने भएको छ । स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्ने भएकाे हाे ।

सत्तागठबन्धनले आज तालमेलको मोडालिटी टुंग्याउने बताइएकाे छ ।

हिजो सोमबार गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाएको छ । तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंग्याउने बताइएको छ । यद्यपि, कतिपय स्थानीय तह, जिल्लामा गबठन्धन हुन नहुने आवाज पनि उठिरहेको छ ।

बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत