राजनीति

कांग्रेसले तयारी गरिरहेकाे घोषणा पत्रमा सुझाव फोनबाटै पनि दिन सकिने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रमा समेट्ने सुझाव दिन आग्रह गरेको छ ।

नेता तथा कार्यकर्ता र सर्वसाधारणले दिएको सुझाव समेट्ने उद्देश्यले फोनमार्फत टिपाउन सकिने व्यवस्था मिलाइएको हो ।

पार्टीले महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ ।

आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र सबै स्थानीय तह वा वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

घोषणा पत्रबारे छलफल गर्न कांग्रेसले बुधबार दिउँसो बस्ने गरी पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकसमेत बोलाएको छ ।

पार्टीले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने तयरी गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत