गाउँ सहर

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले अटोमेटिक पेस्तोलसहित जनकपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । 

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

प्रहरीका अनुसार ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हतियारसहित दुबैजना हिडेको गोप्य सूचनाका आधारमा उनीहरुलाई खानतलासी गरिएको थियो ।

दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत