विश्व

रूस - युक्रेन युद्ध : मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु

एजेन्सी । युक्रेनको तटीय सहर मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु जनाइएकाे छ । रुसी सेनाको कब्जामा रहेको युक्रेनको तटीय सहर मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको एजेन्सीले बताएकाे छ । 

मारिउपोलका मेयर भादिम बोयचेन्कोले युद्ध सुरु भएयता दक्षिणी तटीय सहरमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएका हुन् । उनले मृत्यु हुनेको संख्या २० हजार नाघ्न सक्ने बताएका छन् ।

मारिउपोलमा अझै एक लाख २० हजार सर्वसाधारण रहेका र उनीहरूलाई तत्काल खाद्यान्न, खानेपानी र औषधिको आवश्यक रहेको बोयचेन्कोले बताए । मेयरले एसाेसिएट प्रेस (एपी) सँग बताएको उक्त कुरा बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत