राजनीति

मतदाताले यसपटक विकल्प खाेज्नछन् : लावती

फाइल तस्बिर

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने बताएका छन् । जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उने दावी गरे ।

‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रुपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेद्वारलाई मत दिने छन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले भने ।

भारतको आवधिक निर्वाचनहरमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै लावतीले आगामी निर्वाचनमा मतदाताको प्राथमिकता परिवर्तन हुने दावी गरे ।

पाथीभरा याङवरक गाउँपालिकास्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै लावतीले सो विचार व्यक्त गरेका हुन् । 

‘सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको अवस्था विद्यमान छ । यस्तो कहालीलाग्दो अवस्थालाई चिरेर राप्रपाले भ्रष्टाचारमुक्त प्रशासन कायम गर्ने छ । राप्रपाका कुनै पनि प्रतिनिधिले भ्रष्टाचार गर्ने छैन, गर्न दिने छैन । समाजको यो महारोग पूर्ण नियन्त्रण गर्नेछ,’ उनले भने ।

लावतीले राप्रपाले जितेका स्थानमा १२ कक्षासम्म निशुल्क शिक्षा उपलब्ध गर्ने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत