अर्थतन्त्र

सरकारसँग कति पैसा छ ?

काठमाडाैँ । सरकारसँग कति पैसा माैज्दात छ ? याे सबैकाे चासाेकाे कुरा हाे ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग, बालुवाटार, काठमाडौँद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको तथ्याङ्कमा आधारित) अनुसार सरकारका विभिन्न खातामा रु.३३५ अर्ब ३३ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।

नगद मौज्दात

२०७८ फागुन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३३५ अर्ब ३३ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु.२०० अर्ब १८ करोड रहेको थियो ।

प्रदेश सरकार

समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति रु.१०९ अर्ब २४ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य  कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.७७ अर्ब ९९ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.३१ अर्ब २४ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु.६३ अर्ब ७९ करोड रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत