भारतमा आगलागीमा परेर १४ वर्षीय नेपाली बालकको मृत्यु
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | ०८:१८:०० मा प्रकाशित
काठमाडाैं । भारतको हरियाणा हिसारमा भएको आगलागीमा परेर एक जना नेपालीको ज्यान गएको छ । हिजो मंगलबार हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका थिए । त्यसपछि उनले भारतमै काम गर्न थालेका भीमबहादुरको बुवालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भीमका बुवा हुबबहादुरले गाउँका अन्य पाँच जना पनि राम चाट भण्डारमा नै काम गर्ने बताएका छन् । आगो लागेपछि उनीहरुले भागेर ज्यान जोगाएका तर भीमबहादुर सुतेकाले उनको ज्यान गएको खबरमा उल्लेख गरिएको छ ।
प्रहरीले भीमको पोस्टमार्टम गरी शव बुझाएको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । छत्रदेव गाउँपालिका– ३ का वडा अध्यक्ष चेतप्रसाद खनालले भारतमा बालकको ज्यान गएको पुष्टि भएको बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस