वर्षकाे अन्तिम दिन शेयर बजारमा हरियाली, काराेबार रकम भने घट्याे
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १५:१९:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले घटेर दुई हजार ४ सय १५ दशमलब २४ विन्दुमा पुगेको हो । हिजाे नेप्से नेप्से ३४.७८ अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ०२ विन्दुमा पुगेको थियो । कारोबारकाे अन्तिम दिन आज दोहोरो अंकको वृद्धिसँगै शेयरबजार बन्द भएको छ ।
आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १६४ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६२.७० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार युनाइटेड इदि मर्दी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त वित्तीय संस्थ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज २ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट्स कम्पनीको भएको छ ।
यस कम्पनीको आज ८ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस