गाउँ सहर

भन्सार छलि गरी ल्याएको कपडा र गाडी नियन्त्रणमा

झापा । भन्सार छलि गरी ल्याएको कपडा र गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बुधबार जिल्ला झापा बिर्तामोड नपा वडा नं ४ भद्रपुर रोड स्थितमा गोप्य सूचनाको आधारमा ईप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले को कस्ले पार्किङ गरी राखेको भारतीय नम्बरको डब्लू सेभेन फाेर पी १४५५ नं को कार र को १ ज २४४० नम्बरको पिकअप गाडीमा रित पुर्वक तलाशी लिँदा भन्सार छलि गरी ल्याएको कपडाको ठूलो रोल ८ थान, सानो रोल ३१ थान, मोटर गार्ड ५ थान, कपडा ठूलो बोरामा २ बोरा, मोटरपार्टस  सानो बोरामा ३ बोरा फेला परेकोले दुबै गाडी र सामान सहित अमुरु ४०,००,०००।– (चालिस लाख) बराबरको अवैध सामान आवश्यक कार्बाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरी बुझाएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत