राजनीति

कांग्रेसका नेता कोइरालाद्वारा पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रीत हुन आग्रह

काठमाडौँ । पार्टीले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रीत हुन आग्रह गरेका छन् ।

नयाँ वर्षलाई चुनावी वर्षको रुपमा स्वागत र शुभकामना व्यक्त गर्दै नेता कोइरालाले अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् ।

तर कोइरालाले चुनावमा तालमेल गर्न नहुने भन्दै आएका थिए ।

उनले पार्टीभित्रको मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनमा मात्रै सीमित राख्नुपर्ने बताए । ‘हामी बिचका मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय हो । र त्यस विरुद्ध हामी पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला । पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ,’ कोइरालाले भने ।

नेता काेइरालाले उम्मेद्वार तय गर्दा पार्टीभित्र निष्पक्षताको लागि समेत आफू लड्न तयार रहेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत