अर्थतन्त्र

सुनचाँदी दुवैकाे भाउ बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय ४५ रुपैयाँ पुगेको महासंघले बताएकाे छ ।   

 

गाउँ सहर संवाददाता

तपाईँको मत