गाउँ सहर

प्रतिबन्धित लागूऔषधसहित पक्राउ

झापा । झापा मेचिनगर नपा वडा नं ६ मेचिखोला पुरानो पुल स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काकँड्भिट्टाको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट पैदल नेपाल तर्फ आउँदै गरेको जिल्ला झापा दमक नपा५ बस्ने वर्ष २२ को राजेश गुरुङलाई पक्राउ गरेकाे छ ।

यस्तै शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजापाम ६ एम्पुल,फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित फेला परेको र सोही स्थानमा भारत बाटै नेपाल तर्फ आउँदै गरेको मे ५ प ५६५ नम्बरको २ जना सवार स्कुटरलाई समेत शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरको पछाडी सवार जिल्ला झापा दमक नपा वडा नं २ बस्ने वर्ष २६को अमृत राईको साथबाट लागूऔषध व्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम फेला परेकोले उक्त नम्बरको स्कुटर,स्कुटर चालक जिल्ला ईलाम साविक चुलाचुली गाविसवडा नं ८ घर भई हाल जिल्ला झापा दमक नपावडा नं २ बस्ने वर्ष २२ को सन्तोस ढकाल समेतलाई नियन्त्रणमा लिई फेला परेको लागुऔषध सहित ३ जना मानिस र स्कुटरलाई ईप्रका काकँडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत