नेप्सेमा दाेहाेराे अंककाे गिरावट, एक अर्ब ४४ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १५:१३:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.६० अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ६४ विन्दुमा रोकिएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.९० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने इमर्जिङ कम्पनीको ७ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस