मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १९:३२:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ क्रमिक बचत खाता” सञ्चालनमा ल्याएकाे छ । ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी योजना रहेकाे बैंकले बताएकाे हो ।
बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम , न्यूनत्तम १ वर्ष देखी १० वर्ष अवधी सम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ ।
यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस