गाउँ सहर
निलम्बनको निर्णय बदरको माग गरेका गभर्नर अधिकारीकाे पेशी मंगलवार
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | ०६:५८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ ।
सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरुद्ध उनी अदालत पुगेका हुन् । उनले गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेशको माग गरेका छन् ।
अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मंगलवारका लागि पेशी तोकिएको छ ।
चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो । त्यसको भोलिपल्ट अधिकारीलाई सरकारले निलम्बन गरेको पत्र पठाएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस