गाउँ सहर

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा चालकको मृत्यु

काठमाडाैं । दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका-४ मा भारतीय नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हाे । बाराको आदर्श कोतवाल गाउँपालिका-५ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गरुडास्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

गए राति करिब साढे १० बजे भएको सवारी दुर्घटनालगतै फरार रहेका अर्का मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत