हब इन्टरनेसनले खोल्यो लन्डनमा कार्यालय, विद्यार्थीका सबै समस्या समाधान गरिने
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १३:५५:०० मा प्रकाशित
काठमाडाैँ । १६ वर्षभन्दा बढी शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेको हब इन्टरनेसनल एजुकेसनले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गरेको छ ।
पछिल्लो समय हबले बेलायतको लन्डनमा आफ्नो शाखा कार्यालय खोलेको हो ।
यसअघि अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स र भियतनाममा कार्यालय संचालन गरिसकेको हबले लन्डनमा आफ्नो कार्यालय खुलेपछि बेलायत र आयरल्यान्डमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई लाभ पुग्ने विश्वास लिएको छ ।
हबले जारी गरेको एक विज्ञप्तिअनुसार लन्डनमा खोलिएको कार्यालयले अन्य देशमा जस्तै नेपाली विद्यार्थीका सबै समस्या समाधानका प्रयास गर्नेछ ।
'यहाँ उच्च शिक्षाका लागि आएका विद्यार्थीलाई कुनै समस्या नहाेस् र उनीहरुकाे जिज्ञासालाई सम्बाेधन गर्न सकाैँ भनेर याे अन्तर्राष्ट्रिय कार्यालय खाेलिएकाे हाे,' हब इन्टरनेसनल एजुकेसनका निर्देशक राम पाैडेलले बताएका छन् ।
पाैडेल बेलायतस्थित हब कार्यालयमा निर्देशककाे भूमिकामा रहने र विद्यार्थीहरुले उनलाई सम्पर्क गर्न सक्ने हबले जनाएकाे छ ।
‘युके र आयरल्यान्ड उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि निकै राम्रा गन्तव्य हुन्,’ हब इन्टरनेसनल एजुकेसनका अध्यक्ष उद्धव खड्का भन्छन्, ‘युके पुगेर पनि थप परामर्शको आवश्यकतामा रहेका विद्यार्थीहरुका लागि सहज होस् भनेर हामीले युकेमा कार्यालय खोलेका हौँ । त्यहाँबाट हामीले परामर्शका विभिन्न कार्यक्रम संचालन गर्दैछौँ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस