गाउँ सहर

झापामा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

झापा । प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।    

मेचिनगर नगरपालिका वडा नं-६ मेचिपुल स्थित ईलका प्रहरी कार्यालय काकँडभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत बाट नेपालतर्फ आउँदै गर्दा लागुऔषधसहित दुई जना पक्राउ गरिएकाे डिएसपी बसन्त पाठकले जानकारी दिए । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -१० घर भई विर्तामोड गरामनी बस्ने वर्ष २८ को सविन गोले तामाङ र तेह्रथुम आठराई-७ घर भई विर्तामोड बस्ने वर्ष २७ का धनबिर बराल रहेकाे डिएसपी पाठकले बताए । 

उनीहरूबाट प्रतिबन्धित लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम फेला परेकोले छ । हाल उनीहरूलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको छ । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत