राजनीति

पोखरा महानगरमा अड्किएकाे भागवण्डाकाे गाँठाे आज फुक्ला ?

काठमाडाैं । भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बन्न पुगेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति गाँठाे अड्किएकाे हो । 

दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि आज मंगलबार विहान साढे ११ बजे बस्ने गरि बैठक टुङ्गिएकाे छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा ६ वटा महानगरको भागवण्डा मिलाएर उपमहानगरमा प्रवेश गर्ने भनेर छलफल थालेका थिए ।

नेताहरुका अनुसार ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको छ, जसअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पाउने छ ।

 

अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका कांग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ । 

बैठक पछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरु सहमति नजिक पुगेको बताए । उनले मंगलबार साढे ११ बजे पुनः बैठक बसेर सहमतिलाई अन्तिम रुप दिइने दाबी गरे । ‘सबै ठाउँमा सहमतिको नजिक पुगेका छौँ । अन्तिम रुप दिनका लागि भोलि साढे ११ बजेपछि यहाँ यसरी मिल्यो भनेर जानकारी गराउँछौँ’, बैठकपछि भने । उनले ६ महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा सहमति नजिक पुगिएको दाबी गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत