सत्ता गठबन्धनको बैठक पुन : सर्यो
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | १२:२५:०० मा प्रकाशित
काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो २ बजेसम्मकाे लागि स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गाेविन्द परियारले प्रधानमन्त्रीकाे अन्य कार्यक्रम परेकाले बैठक दिउँसो २ बजे सरेकाे जानकारी दिएका छन् ।
गठबन्धनको साेमबार बसेकाे बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चुनावी तयारी, तालमेललगायतका विषयमा भएको सहमतिलाई अन्तिम रुप दिइने बताएको थियाे ।
महानगरपालिका र उपमहानगरपालिकाबारे हिजाे नै टुंगाे लगाइने बताइए पनि बैठकमा कुनै निष्कर्ष निस्कन सकेकाे थिएन ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी र गठबन्धन दलका शीर्ष नेताहरु सहभागी हुँदै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस