अर्थतन्त्र
ताेलामा १५०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | ११:३०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली बजारमा बुधबार सुनकाे मूल्य घटेकाे छ । आज सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । तोलाको ३५ रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । हिजो बिहीबार १४ सय २० रुपैयाँ तोकिएको महासंघले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस