सातजना सशस्त्र प्रहरी उपरीक्षकलाई कामु एसएसपीको जिम्मेवारी (नामसहित)
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | ११:५६:०० मा प्रकाशित
काठमाडाैं । सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका सातजना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पुरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरेका हु्न् ।
प्राविधिक समूहको स्वास्थ्यतर्फ डा.मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ । सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको हाे ।
साधारण समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेनलाई कामु एसएसपीको जिम्मेवारी दिने निर्णय गरिएको छ । कानुनतर्फ युवराज अर्याललाई कामु एसएसपीको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) विदुर खड्काले जानकारी दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
प्रतिकृया दिनुहोस