राजनीति

राष्ट्रिय जनमोर्चासँग एमालेको चुनावी गठबन्धन

 काठमाडाैं । कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दलसाग चुनावी गठबन्धन गरेको एमालेले राष्ट्रिय जनमोर्चाको एउटा सानो समुहसँग पनि चुनावी गठबनधन गरेको छ । राष्ट्रिय जनमोर्चाको यो समुह भनेको चित्रवहादुर केसीसँग विद्रोह गरी बनाइएको राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय परिषद् हो । एमालेले यी तीन पार्टी र समुहसँग चुनावी तालमेल गर्न पार्टीका जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आन्तरिक सर्कुलर गरेको छ ।

बुधबार एमाले महासचिव शंकर पोखरेलले पठाएको सर्कुलरमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिइएको छ ।

स्थानीय चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग चुनावी तालमेल गर्ने निर्णय एमालेले गत चैत ३० मा गरेको थियो ।

उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन्। पार्टीको प्रभाव र अवस्था हेरेर आ(आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न एमालेले निर्देशन गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत