अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकको नाफा १.४९ प्रतिशतले बढ्याे

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नाफा १.४९ प्रतिशतले बढेको छ । वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा १ अर्ब २ करोड ६ लाख रुपैयाँ नाफा गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, बैंकले चैत मसान्तसम्ममा ८७ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७२ अर्ब ९१ करोड ९२लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले ९९ अर्ब १ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८६ अर्ब ९० करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको चैत मसान्तसम्ममा पुँजी अनुपात कोष बढेको छ । बैंकको खराब कर्जापनि घटेको छ । गत वर्ष ०.२१ प्रतिशत खराब कर्जा रहेकोमा यो वर्ष ०.१७ प्रतिशतमा झरेको छ ।

बैंकको लागत भने बढेको छ । गत वर्ष ६.०९ प्रतिशत लागत रहेकोमा यो वर्षको सोही अवधिमा ८.५४ प्रतिशत पुगेको जनाएको छ । चैत मसान्तसम्ममा सीडी रेसियो ८५.१३ प्रतिशत, बेसरेट १०.४४ प्रतिशत र ब्याजदर ४.२५ प्रतिशत कायम भएको छ ।

गत वर्ष सोही अवधिमा क्रमशः सिडी रेसियो ८५.१३ प्रतिशत, बेसरेट ८.०१ प्रतिशत र ब्याजदर ४.९२ प्रतिशत कायम भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत