अर्थतन्त्र

सुनकाे मूल्य सामान्य बढ्याे, चाँदीकाे मूल्यमा गिरावट

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।    

गाउँ सहर संवाददाता

तपाईँको मत