अर्थतन्त्र

उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ता

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रवार बिहान बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको हात्तिसारस्थित कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । गोलाप्रथाद्वारा २२ हजार ११५ जनाले कम्पनीको आईपीओ पाएका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका हुन् ।

कम्पनीको आईपीओमा  कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएका थिए भने २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागि गराएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।  

 कम्पनीले जारी पूँजी रू.६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू.२ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको थियोे ।

सर्वसाधारणका लागि निष्कासन गरिएको कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ। कम्पनीले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सर्वसाधारणका लागि निष्कासन गरेको हो   ।

आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत