राजनीति
काँग्रेस क्षेत्रीय सभापति लम्सालद्वारा राजीनामा
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | १४:०८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली काँग्रेसका सभापति हरि लम्सालले राजीनामा दिएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् । आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले राजीनामा बुझाएका हुन् । पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ ।
नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारीता, निष्ठा र विधानको कुनै महत्व रहेन छ भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको उल्लेख गरेका छन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति रहेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
प्रतिकृया दिनुहोस