धनगढीमा कांग्रेसका वडा सभापतिसहित ९५ जनाले दिए सामूहिक राजीनामा
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | १७:१०:०० मा प्रकाशित
काठमाडाैं । गठबन्धनबाट उम्मेदवार उठाउने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै कैलालीमा वडा सभापतिसहित ९५ जनाले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसका धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्त थापासहित उनीहरूले शुक्रबार जिल्ला पार्टी कार्यालयमा पुगेर सामूहिक राजीनामा दिएका हुन् ।
बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भए पनि वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएकाे भन्दै क्रियाशील सदस्यबाट समेत राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
धनगढी–१८ मा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने तयारी भएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।
अरू केही वडामा पनि अध्यक्ष पद कांग्रेसले नपाए गठबन्धन नमान्ने भन्दै जिल्ला समितिमा पत्र आउन थालेका पार्टी कार्यालय स्रोतले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस