गाउँ सहर

हाेटलमा तास खेल्ने सात जना पक्राउ

काठमाडाैं । प्रहरीले होटेलमा तासमा तास खेल्ने सात जनालाइ पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका ८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत सात जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार १ सय १० रूपैयाँ  सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत