अर्थतन्त्र
मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
- गाउँ सहर संवाददाता
- ११ बैशाख आइतबार, २०७९ | १९:२९:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ ।
बैंकले आइतबार एक सूचना जारी गर्दै २८ दिने र ९१ दिन गरी गरी दुई किसिमको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।
ट्रेजरी बिलका लागि भने सोमबार दिउँसो ३ बजेसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।
सार्वजनिक बोलकबोल मार्फत बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धात्मक प्रणाली मार्फत वितरण गरिने बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
- विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिकृया दिनुहोस