श्रीमतीकाे हत्या आरोपमा दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १३:१६:०० मा प्रकाशित
काठमाडाैं । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिराहा लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।
श्रीमतीलाई सुतिरहेको अवस्थामा आगो लगाई हत्या गर्न खोजेका थिए । शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको भएको थियो । आगो लगाएको अवस्थामा स्थानीयबासीले फेला पारी घाइतेको उपचार लागि अस्पताल भर्ना गरेको तर उपचार क्रममा मृत्यु भएको सोमबार प्रहरीले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ ।
यता मकवानपुरमा आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ । बकैया गाउँपालिका ५ तीनतले बस्ने भारत मध्यप्रदेश भाेपाल घर भएका ३० वर्षीय पवन सोनीलाई प्रहरीले आइतबर राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस