गाउँ सहर

सहमति कार्यान्वयन नभए सबै स्थानीय निकायमा उम्मेदवारी दिन्छौँ : महामन्त्री पौडेल  

काठमाडाैं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेपाल परिवार दल र नेकपा बीच चुनाबी तालमेल नहुने संकेत देखिएको छ । एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै परिवार दलले सबै स्थानीय निकायमा उम्मेदवारी दिने तयारी थालेको छ ।  एमालेसँगको सहमतिमा हस्ताक्षर गरेका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेले सहमति कार्यान्यन गर्न एमालेले आनाकानी गरेको भन्दै परिवार दल एक्लै चुनाबमा जानसक्ने बताए । उनले सम्पूर्ण स्थानीय निकायमा यस अघि तय भएका उमेदवारले नै मनोनयन दर्ता गर्ने तयारी भएको बताए । परिवार दलका प्रवत्ता रुपसिह भण्डारीले परिवार दलले एमालेसँग भएको सहमतिको पालना गर्न तयार रहेको तरसहमति कार्यान्यनमा एमालेबाट कहि बाधा उत्पन भए परिवार दलले एक्लै उम्मेदवार उठाउने तयारी समेत गरेको बताए ।

यसैबीच नेपाल परिवार दलले कैलाली र कञ्चनपुरमा एमालेसँग तालमेल नगर्ने भएको छ । तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कञ्चनपुर जिल्लामा एक्लै चुनाव लडेन निर्णय गरेको नेपाल परिवार दलका सुदूरपश्चिम अध्यक्ष खड्ग नागरीले बताए । नेकपा एमाले नेपाल परिवार दल बिच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै कैलाली र कञ्चनपुरमा एमालेले कुनै पनि ठाउँमा  सहमति कार्यान्यन नभएको भन्दै गठबन्धन नगर्ने निर्णय गरिएको हो । परिवार दलले छ महानगर ११ उपमहानगर लगायत सबै स्थानीय तहमा उम्मेदबारी दिन मातहतका प्रदेश र जिल्ला समितिलाई निर्देशन समेत दिएको छ ।  तर एमाले महासचिव शंकर पोखरेलले सहयात्री दलसँग भएको सहमति कार्यान्यन गर्न एमाले प्रबिवद्ध रहेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्षबीच पटक पटकको बार्तापछि चुनाबमा तालमेल गर्ने सहमति भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत