गाउँ सहर

काठमाडाैंकाे बुढानिलकण्ठबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । अध्यागमन विभागले २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुढानिलकण्ठबाट १० जना पुरुष र १२ जना महिला गरी जम्मा २२ जनालाई पक्राउ गरेको हो ।

उनिहरुलाई गैर कानुनी काम गरेको आशंकाका आधारमा सोधपुछका लागि पक्राउ गरिएको विभागले जानकारी दिएकाे छ । 

अध्यागमन विभागका अनुसार विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले भने,‘उनिहरुको भिजाको प्रोसेस कस्तो हो, यहाँ के गर्दैछन् र गैर कानुनी काम गरेको आशंका लागेर उनिहरुलाई सोधपुछका लागि ल्याएका हौँ । ’

उनिहरुलाई विभागले सोधपुछ गरिरहेको महानिर्देशक भट्टराईले बताए । उनले भने,‘नियन्त्रणमा रहेका उनिहरुको सोधपुछ कार्य जारी छ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत