राजनीति
भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालकाे उम्मेदवारी दर्ता
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १६:३९:०० मा प्रकाशित
काठमाडाैं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए ।
सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस