गाउँ सहर
कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १७:०१:०० मा प्रकाशित
तनहुँ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुंगाना केही दिनअघि सोही नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई सोही नगरपालिका–१० ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस