स्थानीय तहको निर्वाचनका लागि देशभर ३७ हजार उम्मेदवारी दर्ता
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १७:१२:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार अपराह्न ४ बजेसम्म ३७ हजार ५८५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएकाे छ ।
निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा एक हजार ३९५ र उपप्रमुख पदमा ७८४ उम्मेदवारी परेको छ ।
गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ३२६, उपाध्यक्ष पदमा ८२२ र वडाअध्यक्ष पदमा नौ हजार ७९७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्य पदमा पाँच हजार ८४९, दलित महिला सदस्यमा पाँच हजार ९५ र सदस्यमा १२ हजार ५१७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
यसअघि ३ बजेसम्म २८ हजार ८०५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदमा एक हजार १७० र उपप्रमुख पदमा ६३१ उम्मेदवारी परेको छ ।
त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ५०, उपाध्यक्ष पदमा ६०६ र वडाअध्यक्ष पदमा सात हजार ६६२ जनाले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, महिला सदस्य पदमा चार हजार ४३१, दलित महिला सदस्य पदमा तीन हजार ७७६ र सदस्य पदमा नौ हजार ४७९ जनाले उम्मेवादरी दर्ता गराएको आयोगले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस