गाउँ सहर

आज उम्मेदवारको विरोधमा दाबी–विरोध दिन सकिने

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा दाबी–विरोध दिन सकिने छ । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज साँझ ५ बजेसम्म दाबी–विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझगरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन हुने छ । 

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत