गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुँदै
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १०:४८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाइ हुँदैछ । सरकारले छानवीन समिति बनाएर निलम्बन गरेपछी गभर्नर अधिकारीले सर्बोच्च अदालतमा मुद्दा हालेका थिए । सर्बोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालिन अन्तरिम आदेश दिँदै वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाएका छन् ।
अल्पकालीन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भनिएको थियो । आजको इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिए गभर्नर बहाल रहनेछन् । यदि निरन्तरता नदिए उनको निलम्बन कायम हुनेछ । तर, अर्थमन्त्री शर्माले लगाएको आरोपले सार्थकता नपाउँने र गभर्नर बहालै रहने कतिपयको आकलन छ ।
अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई सहयोग नगरेको र गोप्य सूचना चुहाएको आरोप लगाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस